‘जेनजी’ समूहद्वारा पुनः आन्दोलन घोषणा

0 Shares

काठमाडौँ । ‘जेनजी’ आन्दोलनको नेतृत्व गरेका मिराज ढुंगानाको समूहले वर्तमान सरकारले आन्दोलनको मर्ममाथि धोका दिएको आरोप लगाउँदै सोमबारदेखि पुनः आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको विकल्पमा सर्वपक्षीय सरकार गठनको माग गरेको हो।

पत्रकार सम्मेलनमा ढुंगानाले सरकारको १०० दिने कार्यकाल पूर्ण रूपमा असफल भइसकेको दाबी गरे। “सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म बोक्दैन, न त हाम्रो नेतृत्व नै गर्छ,” उनले भने, “त्यसैले अब सबै पक्षलाई विश्वासमा लिन सक्ने सर्वपक्षीय सरकार आवश्यक छ।”

ढुंगानाले भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड निर्माण गर्न वा कसैलाई नेता बनाउने सिँढीका रूपमा प्रयोग हुन नदिने चेतावनी समेत दिए। उनले सरकारले समस्या समाधानको निकास खोज्नुको साटो चुनावको मात्र रट लगाइरहेको आरोप लगाए।

ढुंगाना समूहका अनुसार सोमबारदेखि काठमाडौँ केन्द्रित विरोध कार्यक्रमहरू सुरु गरिनुका साथै आन्दोलनका कार्यक्रम, स्वरूप र मागहरू क्रमशः सार्वजनिक गरिने जनाइएका छन् ।

सम्बन्धित समाचारसबै