पार्टी भित्र बाँझो खनजोत गरे डल्ला फोरे तर चुनावमा सधैपछि परे

0 Shares

भित्रको खबर
विराटनगर,७ पुष
एमालेका पुराना नेता गुरु बराललाई पनि चुनाव कहिल्यै फलिफाप
हुनेगरेको छैन । पार्टीभित्र लामो समय लगानी गरेका हाल विराटनगर निवासी
नेता बराल सांगठनिक दर्शनका लागि राम्रो व्याख्यता र संगठन परिचालन
गर्ने क्षमता भएपनि उनले पार्टी भित्र र लाभको निर्वाचन भने उनलाई
कहिल्यै फलिफाप भएन । संघियता कार्यान्वयनपछि मोरङको ३ नम्बर
निर्वाचन क्षेत्रबाट चुनाव लडन कम्मर कसेर लागेका उनको टिकट प्यारासुट
शैलीमा आएर नेता भानुभक्त्त ढकालले खोसिदिएका थिए । त्यो बेला नेता
बरालले नेतृत्वसँग असन्तुसष्टि जनाउदै पार्टी भित्र बोलका थिए , ‘कठिन
गरेर बाँझो खनजोत गरि डल्ला फोरेर बारी तयार गरियो तर बाली
लगाउने बेला चाँही अर्कैलाई छाडनुपर्ने भयो ।’
एमालेको राजनीति गर्ने मुख्य थलो मदन भण्डारी स्मृति प्रतिष्ठानको लामो
समय नेतृत्व गरेका नेता बराल नेकपा एमालेको ११ औं महाधिवेशनमा
उपाध्यक्ष पदमा पराजित हुनपुगे । ५ जना उपाध्यक्षको कोटामा
सँस्थपन ओली प्यानलबाट उम्मेदवारी दिएका बरालले उपाध्यक्षमा
मात्रै होइन केन्द्रीय सदस्यमा पनि हार बेहोर्नुपर्यो । केन्द्रीय सदस्यमा
१५ सय मत ल्याउनेहरु बिजयी भएपनि बरालले हार बेहोर्नुपर्यो ।
उपाध्यक्षमा ओली समुहका रघुजी पन्त , पृथ्वीसुब्बा गुरुङ , विष्णुप्रसाद
पौडेल , रामबहादुर थापा अनि पोखरेल समुहका गोकर्णराज विष्ट बिजयी
भए ।
नेता सुवास नेम्बाङको निधनपछि चितवन महाधिवेशनमा केन्द्रिय सदस्यमा
निर्वाचितन बरालाई अध्यक्ष ओलीले मनोनित गरेर केन्द्रिय उपाध्यक्ष
बनाएका थिए । पार्टीको स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश

इन्चार्जको जिम्मेवारीसमेत पाएका नेता बरालले यसपालीको महाधिवेशनमा
साबिकको पदमा जित निकाल्न सकेनन ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँचौं महाधिवेशनदेखि नै
निकट सम्बन्ध रहेको बताइएका विराटनगर निवासी नेता बरालले २०५१ को
उपनिर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट जित हासिल गरेपनि त्यसपछि भने उनले
निरन्तर पराजय भोग्नुपर्यो । २०५६ मा मोरङ–६,बाट २०६४ को
संविधानसभा निर्वाचनमा मोरङ–४ र २०७० मा मोरङ–३ बाट पराजित भएका
नेता बरालले २०७४ को चुनावमा मोरङ–३ बाट आकांक्षी भए पनि टिकट
पाउन सकेनन । अन्तिम समयमा आएर तेह्रथुमका नेता भानुभक्त ढकालले
टिकट पाएर प्रतिनिधि सभामा बिजयी भएका थिए ।

पछिल्लो पटक २०७८ माघमा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पनि नेता
बरालले नेपाली कांग्रेसका गोपाल बस्नेत दुर्भाग्यपूर्ण हार
बेहोनु परेको थियो । मतबराबर भएपछि गोलाप्रथामा बस्नेत निर्वाचित भएका
थिए ।
करिब ५५ वर्षदेखि एमालेको राजनीतिमा अनवरत सक्रिय बराललाई निरन्तर
सक्रिृय नेताका रुपमा कार्यकर्ताहरुले चिन्नेगरको छन् । मार्क्सबादको राम्रो
ज्ञाना भएका उनी विकास मोडल र राजनैतिक कुटनीति अनि समाजिक सेवामा पनि
राम्रो दम्भ राख्छन् ।
अध्यक्ष ओलीका विश्वासपात्र भएकैले नेता बरालले कोशी प्रदेशको
राजनीतिमा प्रत्यक्ष हस्तक्षेपकारी भुमिका खेल्दै आएका थिए । २०५४ सालको
स्थानीय निर्वाचनमा जस्तै हालका स्थानीय निर्वाचनहरूमा पनि उनले टिकट
वितरणमा सक्रिृय भुमिका देखाएका थिए । तत्काल माओबादीसँग एक भएको
नेकपा पार्टी विभाजनपछि उनी उपाध्यक्ष बनेर केन्द्रिय शक्तिमा
उदाएका थिए ।

सम्बन्धित समाचारसबै