एमालेका सचिव बस्नेतको निष्कर्ष: फागुन २१ मा चुनाव हुँदैन, खुला वार्ताबाट समाधान खोज्न आग्रह

0 Shares

भित्रको खबर

काठमाडौं । ७ पुष

नेकपा (एमाले) का सचिव महेश बस्नेतले फागुन २१ गते निर्वाचन नहुने निष्कर्ष पार्टीले निकालेको बताएका छन्। सोमबार सिंहदरबारमा निर्वाचन व्यवस्थापनसम्बन्धी छलफलमा उनले संसद् पुनर्स्थापनाको मागसहित सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट परिरहेको वर्तमान वातावरणमा तोकिएको मितिमा चुनाव सम्भव नदेखिएको उल्लेख गरे।

बस्नेतले निर्वाचन कार्यतालिका लगायत विषयमा ‘ब्याक च्यानल’ होइन, खुला ‘च्यानल’मार्फत वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरे। जेनजीसँग भएको सम्झौताप्रति सैद्धान्तिक सहमति जनाउँदै उनले कार्यान्वयनप्रति भने आशंका रहेको बताए र सरकारलाई तत्काल कार्यान्वयनमा जान आग्रह गरे।

साथै, विद्युतीय मतदान र विदेशमा रहेका नेपालीको मताधिकारजस्ता विषय लामो समयदेखि उठे पनि कार्यान्वयन हुन नसकेको भन्दै ती विषयलाई आगामी निर्वाचनका लागि व्यवस्थित योजना बनाएर अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

सम्बन्धित समाचारसबै