0
Shares
विराटनगर, ८पुष
शिक्षा मन्त्री महाविर पुनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिने विषयमा भएको सर्वदलीय बैठकबाट कुनै ठोस निर्णय ननिस्किएकोमा दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले करिब ६ घण्टा चलेको छलफलमा राजनीतिक दल, सरकार, नागरिक समाज र निर्वाचन आयोगबीच विदेशमा बस्ने नेपालीलाई भोट दिने व्यवस्थामा सहमति नजुटेको बताएका हुन्।
मन्त्री पुनले बैठकमा सहभागीहरूले समाधानमुखी सुझाव दिनुभन्दा भाषणमै समय बिताएको र सरकारका कमजोरी मात्र औँल्याएको आरोप लगाएका छन्। उनले सृजनशील र ठोस उपाय दिन नसक्दा देश संकटतर्फ धकेलिन सक्ने चेतावनी दिँदै युवालाई सडक आन्दोलनमा मात्र सीमित नहुन, आगामी निर्वाचनमा नेतृत्व लिन सक्रिय र साहसी रूपमा अघि बढ्न आग्रह गरेका छन्।