माइतीघरमा जेनजी समूहको प्रदर्शन, माग पूरा नभएसम्म आन्दोलन जारी रहने

0 Shares

काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा मंगलबार जेनजी समूहहरूले प्रदर्शन गरेका छन्। उनीहरूले आफ्ना माग पूरा नभएको भन्दै सरकारविरुद्ध आवाज उठाएका हुन्।

सोमबार भएको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले हस्तक्षेप गरेको भन्दै संयुक्त जेनजी आन्दोलनले आपत्ति जनाएको थियो। त्यस दिन मिराज ढुङ्गाना नेतृत्वको समूहले प्रदर्शन गरेको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई अस्थायी रूपमा पक्राउ गरेको थियो र पछि छाडेको थियो।

संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गाना र कमाण्डर सुनिल सिंहले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको दमन नीति प्रति आपत्ति जनाएका छन्।  माग पूरा नभएसम्म आन्दोलन अझ सङ्गठित र सशक्त रूपमा निरन्तर अघि बढ्ने उनीहरुको भनाई छ ।

सम्बन्धित समाचारसबै