कोशी प्रदेश सभा मुख्य विपक्षी दल माओबादी केन्द्रका नेता ईन्द्रबहादुर आङबोले कुनैपनि बहाना नबनाई चाँडो संसदको हिउँदे अधिवेशन वोलाउन सरकारसँग् माग गरेका छन।
मंसिर दोस्रो हप्ताभित्र जसरी पनि ससदको हिउँदे अधिवेशन बोलाउने भनेर कोशी सरकारले प्रतिबद्धता जनाएर पनि अझै हिउँदे अधिवेशन बोलाउन आलटाल गरेको भन्दै नेता आङबोेले अब कुनै बहाना नवाई चाँडो अधिवेशन बोलाउन माग गरेका हुन ।
सरकारले जेनजी आन्दोलनको तीन महिना वितिसक्दा पनि अझै संसद बैठक बोलाउन नचाहेको र विभिन्न वहाना वनाउदै संसद छलिरहेको आरोप नेता आङबोले लगाएका छन ।
उनले जेनजी आन्दोलनपछि विराटगरको देवकोटा चौकमा रहेको संसद भवन जलेर ध्वस्त भएपछि कटहरी गाउँपालिकाको कृषी बजारमा प्रदेश सभाको सचिवालय स्थापना भैसकेको छ। तर अझै सरकारले कृषी बजारमा रहेका टहराहरु संसद वैठकका लागि स्तरोन्नती गराउन चासो नदेखाएको र पुर्ननिर्माणको वहाना बनाउदै संसद छलिरहेकाो आरोप लगाएका छन ।
यही अवस्थामा अब भौतिक मन्त्रालयले ठेक्का प्रकृया सुरु गरेपनि दुई महिना बढि समय लाग्ने हुँदा फागुन अन्तिम भन्दा अगाडी प्रदेश संसद सुरु हुन नसक्ने भएकोले भएकै संरचनाहरु उपभोग गर्नेगरि सरकारले तुरुन्त हिउँदे अधिवेशन बोलाएर बैठक सञ्चालन गराउनुपर्ने माग नेता आङबोको छ ।
कोशीमा एमाले काँग्रेस गठबन्धनको सरकार छ । मुख्यमन्त्री एमालेका हिक्मतकुमार कार्की छन। कार्की नेतृत्वको सरकारले मंसिर दोस्रो सातासम्म जसरी पनि संसदको हिउँदे अधिवेशन वोलाउने सार्वजनिक प्रतिबद्धता गरेको थियो ।
तर पछिल्लो समय संसद छल्ल भौतिक निर्माणको वहाना बनाइरहेको विपक्षी दलहरुको आरोप छ । संसद बैठक बोलाउन सत्तापक्षकै सांसद र बिषयगत समितिहरुले समेत आग्रह गरिसकेका छन । संसद नहुँदा जेनजी आन्दोलनपछि प्रदेशबासीका आवाजहरु कुण्ठित भैरहेको गुनासो दल र सांसदहरुको छ। तर कोशी सरकार भने पहिले एमालेको महाधिवेशन र अब काँग्रेसको महाधिवेशन अनि सरकार पुर्नगठनको बहाना बनाउदै संसद छलिरहेको छ ।
जेनजी आन्दोलनपछि विराटनगरको देवकोटा चौकमा रहेको प्रदेश सभा सचिवालय र संसद भवन आगजनी भएर ध्वस्त भएपछि कटहरी गाउँपालिका १ जमटोकीमा रहेको कृषीथोक बजारमा गत कात्र्तिक अन्तिम साता प्रदेश सभा सचिवालय सरेको थियो । तर सचिवालय सरेको डेढ महिना वितिसक्दाप नि सरकारले अझै आफनो प्रतिबद्धता अनुरुप प्रदेश सभाको बैठक सञ्चालन हुने कक्ष स्तरोन्नती गराएको छैन ।