0
Shares
विराटनगर । सुनसरीको धरानमा बिहीबार बिहान १ सय ८० किलो गाँजा फेला परेको छ।
धरान उपमहानगरपालिका–६ पानबारीमा बेवारिसे अवस्थामा राखिएको बा १३ च ३६८४ नम्बरको कारमा गाँजा भेटिएको हो, जसलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गस्ती टोलीले बिहान ४:३० बजे बरामद गरेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए।
गाँजासहितको कारलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। हालसम्म कारको मालिक र गाँजा ल्याउने व्यक्तिको पहिचान हुन सकेको छैन। प्रहरीको अनुमान अनुसार, प्रहरीले देख्नासाथ कार छोडेर चालक फरार भएको हुनसक्ने अनुमान गरिएको छ ।