निर्वाचन आयोगद्वारा नयाँ आचारसंहिता–0८२ जारी

0 Shares

विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता–0८२ को मस्यौदा सल्लाह सुझावका लागि सार्वजनिक गरेको छ।

आयोगका अनुसार, निर्वाचनमा स्वतन्त्रता, निष्पक्षता, स्वच्छता, पारदर्शिता, मितव्ययिता र भयमुक्त वातावरण सुनिश्चित गर्न आचारसंहिताको मस्यौदा तयार गरिएको हो। आयोगले ऐन–0७३ को दफा २२ अनुसार आचारसंहिताको मस्यौदा जारी गरी सुझाव तथा सल्लाहको लागि आम नागरिक, राजनीतिक दल र सरोकारवालालाई आमन्त्रण गरेको छ।

नयाँ आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समावेश छन्। यसैसँगै निर्वाचन आचारसंहिता–0७९ खारेज गरिएको आयोगले जनाएको छ। आचारसंहिताले उल्लंघनकर्ताको नाम सार्वजनिक गर्ने, विद्युतीय माध्यम र सूचना प्रविधिको उपयोग गर्ने, साथै निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने व्यवस्था समेटेको छ।रासस

सम्बन्धित समाचारसबै