पूर्वरथी बालनन्द शर्मा अन्तरिम सरकारको परराष्ट्रमन्त्री बन्दै

0 Shares

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पुनः मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। यसक्रममा बालनन्द शर्मालाई सरकारमा समेट्ने निर्णय गरिएको स्रोतले जनाएको छ।

शर्मालाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइने तयारी रहेको र उनको शपथग्रहण कार्यक्रम आजै दिउँसो २ बजे राष्ट्रपति कार्यालयमा तय गरिएको जनाइएको छ।

नेपाली सेनाका पूर्वरथी शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। प्रधान सेनापति बन्ने दौडमा रहे पनि त्यसमा सफल नभएका शर्मा त्यसपछि विभिन्न राष्ट्रिय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन्।

शान्ति प्रक्रियामात्र नभई कोभिड–१९ महामारीका बेला संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा समेत काम गरिसकेका शर्मा सुरक्षा र कूटनीतिक दुवै क्षेत्रमा अनुभव बोकेका व्यक्ति मानिन्छन्।

प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तारमार्फत सरकारलाई थप क्रियाशील बनाउने प्रयास गरेको विश्लेषण गरिँदै आएको छ।

सम्बन्धित समाचारसबै