रास्वपाले समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक, ३८७ जनाको नाम समावेश

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। पार्टीले ३८७ जनाको नाम सार्वजनिक गर्दै विभिन्न समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको जनाएको छ।

समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा खसआर्य, जनजाति, मुस्लिम, मधेसी, दलित लगायतका समुदायको प्रतिनिधित्वलाई ध्यानमा राखिएको पार्टीले दाबी गरेको छ। यस अघि समानुपातिकतर्फ उम्मेदवार बन्न ४१४ जनाले आवेदन दिएका थिए, जसमध्ये २७ जनाको नाम अन्तिम सूचीमा समावेश गरिएको छैन।

आवेदनका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ शुल्क तोकिएको थियो। सूचीमा नाम नपरेका उम्मेदवारलाई अनलाइन माध्यमबाट थप छनोट प्रक्रियामा सहभागी गराइने व्यवस्था पार्टीले जनाएको छ।

रास्वपाका नेताहरूका अनुसार समानुपातिक समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको हो र यसले निर्वाचनमा प्रतिनिधित्व र विविधतालाई सुदृढ पार्ने अपेक्षा गरिएको छ।

समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची :- 

RSP pdf

सम्बन्धित समाचारसबै