गिरीको सक्रियता: हडताली चोकका बासिन्दालाई राहत, “बोलेको पूरा गर्ने” नेताको परिचय

0 Shares

विराटनगर, पुस १०
राजनीति केवल भाषणमा मात्र होइन, व्यवहारमा हुनुपर्छ” भन्ने सन्देश दिँदै युवा नेता अभिषेक गिरीले विराटनगर महानगरपालिका वडा नं. १५ स्थित हडताली चोकमा बाटो निर्माणको काम सुरु गरेका छन्।

केही दिनअघि एक विशेष कामका सिलसिलामा त्यस क्षेत्रमा पुगेका गिरीलाई स्थानीय बासिन्दाले हिलाम्मे बाटोका कारण भोग्नुपरेको सास्ती सुनाएका थिए। बालबालिकालाई विद्यालय जान र स्थानीयलाई दैनिक कामकाजका लागि हिँडडुल गर्न निकै कठिन हुने गरेको गुनासो सुनेपछि गिरीले तत्कालै उक्त बाटोमा सुधार गर्ने प्रतिबद्धता जनाएका थिए।

स्थानीयसँग गरेको बाचा अनुरूप युवा नेता गिरीले आजै टिपरमार्फत ग्राभेल झारेर बाटो निर्माणको काम अघि बढाएका छन् । “जनताले सास्ती भोगिरहेको देख्दा टुलुटुलु हेरेर बस्न सकिएन,” गिरीले भने, “मैले उहाँहरूलाई बाटो सहज बनाइदिने बचन दिएको थिएँ, आज त्यसैको सुरुवात गरेको हुँ।”

अभिषेक गिरी केवल राजनीतिक चर्चामा मात्र सीमित छैनन् । ‘गिरी फाउन्डेसन’ मार्फत गरिने परोपकारी कार्यले पनि उनि स्थापित छन।
पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई अस्पतालमा उपचार गराउन लामो समयदेखि आर्थिक र भौतिक सहयोग गर्दै आएका छन्। हालै मात्र वडा नं. ८ र ९ मा सयौँ ‘जेन-जेड’ युवाहरूलाई पार्टी प्रवेश गराई राजनीतिमा युवा सहभागिताको नयाँ लहर सिर्जना गरेका गिरी अहिले महानगरकै केन्द्रविन्दुमा छन् ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा महानगर सभापति पदका लागि नाम चर्चामा रहनुको मुख्य कारण नै यस्तै ‘एक्सन ओरिएन्टेड’ काम गर्ने स्वभाव हो। हडताली चोकका स्थानीयले नेता गिरीको यो कदमको खुलेर प्रशंसा गरेका छन्। “धेरै आए, बाचा गरे तर कसैले केही गरेनन्, अभिषेक बाबुले भनेको कुरा तुरुन्तै पूरा गरिदिनुभयो,” एक स्थानीयले उत्साहका साथ बताए।

समाजमा परिवर्तन ल्याउन ठूलो पदमै पुग्नुपर्छ भन्ने छैन, इच्छाशक्ति भए जहाँबाट पनि सेवा गर्न सकिन्छ भन्ने गतिलो उदाहरण अभिषेक गिरीले प्रस्तुत गरेका छन्।

सम्बन्धित समाचारसबै