“निर्वाचन आयोगद्वारा नयाँ आचारसंहिता २०८२ स्वीकृत

0 Shares

काठमाडौं । निर्वाचन आयोगले नयाँ निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ। शनिबार बसेको बैठकले दल, उम्मेदवार र सम्बन्धित सबै निकायलाई यसको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ र फागुन २१ लाई प्रतिनिधिसभा सदस्य चुनाव तय गरिएको छ।

आयोगले मस्यौदा तयार गरी सरोकारवालाबाट सुझाव संकलन गरेपछि आचारसंहिता स्वीकृत गरेको हो। यस पटकको आचारसंहिता फराकिलो दायराको रहेको आयोगले जनाएको छ।

नयाँ प्रावधानअनुसार:

  • दल र उम्मेदवारले निर्वाचन घोषणापत्रअनुसारको प्रगति हरेक वर्ष सार्वजनिक गर्नुपर्नेछ।

  • आचारसंहिता उल्लंघन भएमा आयोगले नामसहित विवरण सार्वजनिक गर्नेछ।

  • उल्लंघनको कारबाही निर्वाचन अवधिमा मात्र सीमित नहुने, आवश्यक भएमा पछि पनि हुनेछ।

आयोगले अघिल्ला अनुभव र गुनासोको आधारमा यस आचारसंहितामा निर्वाचन खर्च, प्रचार–प्रसार, सरकारी स्रोतको दुरुपयोग, मतदाता प्रभावित गर्ने गतिविधि आदि विषयमा विशेष निगरानी व्यवस्था गरेको छ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सरोकारवालालाई आचारसंहिता गम्भीरतापूर्वक पालना गर्न आह्वान गरेको छ। आयोगका अनुसार, आचारसंहिता सिर्फ औपचारिक कागज होइन, लोकतन्त्रको विश्वसनीयता जोगाउने मुख्य आधार हो।

यस्तो छ आचारसंहिताको पूर्णपाठ :-election-acharsamhita-pdf

सम्बन्धित समाचारसबै