पाँच दलले समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाए

0 Shares

काठमाडौं । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पाँचवटा राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार मध्याह्नसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादीले आफ्नो उम्मेदवारको सूची आयोगमा दर्ता गराएका हुन्।

बन्दसूची पेश गर्ने अन्तिम समय सोमबार अपराह्न ४ बजे तोकिएको छ। प्रवक्ता भट्टराईले दलहरूले सिफारिस गरेका उम्मेदवारको नाम मतदाता नामावलीसँग मिलाइपछि मात्र निस्सा उपलब्ध हुने जानकारी दिए।

उनले भने, “निस्सा लिएपछि मात्रै दलहरूले बन्दसूची दर्ता गर्न पाउनेछन्। आयोगले सेवा प्रवाह सहज बनाउन आवश्यक स्रोत साधनको व्यवस्था गरिसकेको छ।”

निर्वाचन आयोगको व्यस्ततालिका हुने भएकाले समय थप गर्न नसकिने पनि उनले स्पष्ट पारे। साथै विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्था अनुसार दलहरूले सूची तयार गरी आयोगमा पठाउने विश्वास प्रवक्ता भट्टराईले व्यक्त गरे।

सम्बन्धित समाचारसबै