राष्ट्रपति पौडेलद्वारा तमु ल्होसारको अवसरमा सामाजिक एकता र सहिष्णुतामा जोड

0 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् पर्व तमु ल्होसारले नेपाली समाजमा सहिष्णुता, बन्धुत्व र सामाजिक एकता अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनुभएको छ।

मङ्गलबार तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको ऐतिहासिक, साँस्कृतिक र सामाजिक परम्पराको संरक्षण तथा संवर्द्धनमा यस पर्वले योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभएको हो। उहाँले यस अवसरमा सामाजिक मेलमिलाप र पर्यटन प्रवर्द्धनमा पनि पर्वले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति पौडेलले भन्नुभयो, “गुरुङ समुदायको प्राचीन पात्रो प्रणाली र जीवन शैलीसँग सम्बन्धित तमु ल्होसार पर्वले बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धन गर्न योगदान पुर्‍याउने छ। यसले सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने विश्वास लिएको छु।”

उहाँले तमु ल्होसारले आपसी विश्वास र एकताको भावना अभिवृद्धि गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक रूपले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गर्नुभयो।

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायले नयाँ वर्षको सुरुवातको रूपमा तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाउने परम्परा चलाएको छ। समुदायको बाहुल्यता भएका विभिन्न जिल्लाहरूमा यो पर्व विशेष धुमधामसँग मनाइन्छ

सम्बन्धित समाचारसबै