रौतहटमा ग्यास बुलेट दुर्घटनापछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

0 Shares

काठमाडौँ । रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा भएको ग्यास बुलेट दुर्घटनापछि सो क्षेत्रमा सवारी साधनको आवागमन रोक लगाइएको छ।

मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट जाँदै गरेको युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुले सडकमा दुर्घटनामा परेको हो। दुर्घटनामा चालक सामान्य घाइते भए पनि ग्यास लिक भइरहेकोले जोखिम बढेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सम्भावित आगलागी र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। प्रहरीले सवारी चालकहरूलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न निर्देशन दिएका छन्।

दमकल टोली र क्रेन प्रयोग गरेर बुलेट उठाउने काम भइरहेको छ। दुर्घटना जंगल क्षेत्रमा भएकोले नजिकमा कुनै बस्ती छैन। तर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङले बताएअनुसार स्थिति पूर्णरूपमा सामान्य नभएसम्म राजमार्ग खुल्ने छैन।

सम्बन्धित समाचारसबै