काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सहमति भएको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहमतिबारे प्रतिक्रिया दिएका छन्। आइतबार राति ८ बजे भएको सहमतिको विषयमा घिसिङले मंगलबार बोल्दै आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन्।
कुलमान घिसिङले दुई पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको उल्लेख गर्दै पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राखेर उज्यालो भविष्यको मार्गतर्फ आफूहरू एकठाउँ उभिएको बताएका छन्। उनले फेसबुकमार्फत जारी गरेको सन्देशमा भनेका छन्, “देशको हितलाई केन्द्रमा राख्दै हामीले यो ऐतिहासिक निर्णय गरेका छौँ।”
सहमतिबारे शुक्रबार सार्वजनिक गरिएको तस्वीरमा कुलमानको अनुहार केही मलिन देखिनुले उनी खुशी नभएको हो कि भन्ने चर्चा भइरहेका थिए। तर, उनले खुलासा गरेका अनुसार सहमति मूलतः देश र जनताको हितलाई केन्द्रमा राखेर गरिएको छ।