विराटनगरमा स्कुटर दुर्घटना: १ भारतीय नागरिकको मृत्यु

0 Shares

विराटनगर। विराटनगरमा मंगलबार राति भएको स्कुटर दुर्घटनामा २५ वर्षीय भारतीय नागरिक मोहमद राजाको मृत्यु भएको छ भने अर्का २० वर्षीय मोहमद इमरान घाइते भएका छन्।

घटना कोशी लोकमार्ग, विराटनगर–१४ स्थित देउराली होटलअगाडि राति १०:२० बजे भएको थियो। भारतको अररिया छोटी मस्जिद बस्ने राजाले चलाएको बीआर ३८ एम ११७८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

घाइते इमरानलाई कोशी अस्पताल लगिएको छ भने राजालाई चिकित्सकले मृत घोषित गरेका छन्। दुर्घटनामा प्रयोग भएको स्कुटर इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ। इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान जारी राखेको छ।

सम्बन्धित समाचारसबै