उपभोक्ता सुरक्षामा जोड दिँदै १ हजारभन्दा बढी सिलिण्डर नष्ट

0 Shares

रूपन्देही । रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले प्रयोगका लागि असुरक्षित ठहरिएका १ हजार १२ थान एलपी ग्यास सिलिण्डर नष्ट गरेको छ। उपभोक्ताको ज्यान र सम्पत्तिको सुरक्षालाई प्राथमिकतामा राख्दै ती सिलिण्डर स्क्रयाप गरिएको उद्योगले जनाएको छ।

प्रालिका प्रबन्धक देवीप्रसाद भुसालका अनुसार उद्योगमा रहेका त्रिशूल ब्राण्डका लोगो अंकित सिलिण्डरहरू मापदण्डअनुसार प्रयोगयोग्य नरहेकाले नष्ट गर्ने निर्णय गरिएको हो।

यसअघि पनि २०७७ सालमा एभरेष्ट ग्यास संसार अन्तर्गत रहेको त्रिशूल ग्यास प्रालिले १ हजार १५ थान ग्यास सिलिण्डर नष्ट गरिसकेको भुसालले जानकारी दिए।

सम्बन्धित समाचारसबै