एमाले उपमहासचिव महासेठको सरकारमाथि चुनाव प्रभावित गर्ने आरोप

0 Shares

जनकपुर । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले सरकारले आफै निर्वाचन प्रक्रिया प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। आइतवार जनकपुरमा सञ्चारकर्मीहरूसँगको संवादमा महासेठले यस्तो दावी गरेका हुन्।

उपमहासचिव महासेठले भने, “जेनजी आन्दोलनपछि लुटिएका हतियारहरू र भागेका कैदीबन्दीहरू फिर्ता नभएका कारण सरकार चुनाव गराउन नचाहेको पुष्टि हुन्छ। हाम्रो पक्षबाट चुनावमा सहभागी हुने तयारी सधैं छ।”

साथै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला गर्नु पर्ने माग दोहोर्याए। महासेठले बताएअनुसार, “अहिले जानी वा नजानी सरकार आफै चुनाव प्रक्रिया विघटन गर्न अघि बढिरहेको छ। २३ र २४ गते लुटिएका हजारौं हतियार अझै बाहिर छन्। भागेका कैदीबन्दीहरू पनि फिर्ता भएका छैनन्। यस्तो अवस्थामा चुनाव कसरी सम्भव हुन्छ?”

एमाले उपमहासचिवले आगामी चुनावमा पार्टीले भाग लिने प्रतिबद्धता पनि दोहोर्याए। उनले भने, “हामी सर्वोच्च अदालतको आदेशको प्रतीक्षामा छौं। आदेश आएपछि चुनावमा हामी भाग लिन्छौं।”

त्यसैगरी, गणतन्त्र र संविधानको रक्षा गर्दै एमालेले कांग्रेससँग सहकार्य गर्ने तयारी पनि अघि सारेको छ।

सम्बन्धित समाचारसबै