0
Shares
विराटनगर । धनुषा जिल्लाको मस्जिद तोडफोड र पवित्र धर्मग्रन्थ कुरान जलाइएको घटनाप्रति मुस्लिम समुदायका युवाहरुले विराटनगरको रानी क्षेत्रमा शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन् ।
धनुकमला नगरपालिका–६, सखुवा मरानस्थित मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित भएको थियो। वीरगञ्जका विभिन्न क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका थिए भने विराटनगरमा शान्तिपूर्ण आन्दोलन गरेका छन् ।