एमाले अध्यक्ष ओलीको नेतृत्वमा एमालेले कांग्रेससँग सहकार्य गर्दै

0 Shares

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय गरेको छ।

मङ्गलवार बसेको सचिवालय बैठकले प्रत्येक प्रदेशमा १/१ जना उम्मेदवार दिने गरी काँग्रेससँग तालमेल गर्ने रणनीति तय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। बैठकले काँग्रेससँगको छलफल टुंगोमा नपुगेकोले अध्यक्ष केपी शर्मा ओलीलाई सिट बाँडफाँट र उम्मेदवार निर्धारण गर्ने अधिकार दिने निर्णय पनि गरेको छ।

बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारीका लागि विभिन्न कमिटीहरू गठन गर्ने निर्णय समेत गरेको छ। अध्यक्ष ओलीको संयोजकत्वमा उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेगरी घोषणापत्र मस्यौदा कमिटी बनाइने भएको छ।

त्यसैगरी, एमाले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। सदस्यहरूमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भीष्म अधिकारी रहेका छन्।

उपमहासचिव भट्टका अनुसार, पार्टीले प्रदेश र निर्वाचन संयोजकहरू तोकेर सदस्यहरू परिचालन गर्ने तयारी पनि अघि बढाएको छ। प्रदेश

निर्वाचनको लागि प्रदेश र निर्वाचनको संयोजक रहनेगरी कोशीमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा। राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना त्यसैगरी, संगठन विभागमा भानुभक्त ढकाल, प्रचार विभागमा मिनबहादुर शाही, निर्वाचन विभागमा रमेश बडाललाई जिम्मेवारी दिइएको छ। खाली रहेका जिल्ला इन्चार्ज र संयोजकका स्थानमा पनि छिट्टै जिम्मेवारी तोक्ने निर्णय गरिएको छ।

भट्टले बताए अनुसार, यो कदमले एमालेको निर्वाचन परिचालन प्रभावकारी बनाउने र गठबन्धनसँगको तालमेल मजबुत गर्ने उद्देश्य राखिएको छ।

सम्बन्धित समाचारसबै