नेपाल राष्ट्र बैंकले २० अर्बको ऋणपत्र पुनः निष्कासन गर्ने

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८३ सालको लागि पुनः एक वर्षे अवधि भएको २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ। यसका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ङ’’ उपकरण प्रयोग गरिनेछ।

बोलकबोल प्रक्रिया पुस २३ गते मध्याह्न २ बजेसम्म अनलाइन माध्यमबाट सम्पन्न हुनेछ र ब्याजदर पनि सोही प्रक्रियाबाट तय हुनेछ। ऋणपत्रको सावाँ पनि सोही दिन हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। प्रत्येक संस्थाले न्यूनतम पाँच करोडदेखि अधिकतम पाँच करोड रुपैयाँसम्मको रकममा बोलकबोल गर्न सक्ने व्यवस्था रहेको छ।

राष्ट्र बैंकले यस ऋणपत्रको परिपक्व मिति अगावै रकम फिर्ता नहुने स्पष्ट पारेको छ।

सम्बन्धित समाचारसबै