नेकपा राष्ट्रिय सभा चुनावमा सबै सिटमा उम्मेदवार दिने निर्णय

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवार दिने निर्णय गरेको छ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट अलग भएपछि नेकपाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरिरहेको हो।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय छ।

नेकपाका उम्मेदवार यसरी छन्:

  • कोशी: खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपाने

  • मधेस: रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, समिकुमारी अग्रवाल

  • बागमती: प्रेमप्रसाद सापकोटा, सरोजकुमारी झा

  • गण्डकी: कपिल लामा, (खाली)

  • लुम्बिनी: दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन बिक

  • कर्णाली: बुद्धिप्रसाद शर्मा, अन्जु महतरा

  • सुदूरपश्चिम: टीकाराम जैशी, रोजी बस्नेत सुनार

नेकपाले यस कदमले आगामी निर्वाचनमा राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने अपेक्षा गरेको छ।

सम्बन्धित समाचारसबै