निर्वाचनमा उम्मेदवारीबारे निर्णय गरेको छैन: सञ्चारमन्त्री

0 Shares

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिने विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलेको बेला बुधबार नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा उनले यसबारे स्पष्टिकरण दिएका हुन्। मन्त्री खरेलले आफूले कुनै पनि पार्टीसँग छलफल नगरेको र चुनावमा उठ्ने वा नउठ्ने निर्णय नगरेको दोहोर्याउँदै बताए।

उनी भन्छन्, “मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने बारे केही निर्णय गरेको छैन। आजको दिनसम्म कुनै पार्टीमा प्रवेश गरेको छैन, वार्ता गरेको छैन। मेरो सम्पूर्ण ध्यान अन्तरिम सरकारको काम र देशको निर्वाचनमा केन्द्रित छ। समाचार अलिक फरक ढंगले आएकोमा म असन्तुष्ट छु, तर आज म यहाँ स्पष्ट पार्न चाहन्छु–मैले कुनै निर्णय गरेको छैन।”

मन्त्री खरेलले सञ्चार माध्यमहरुलाई सही र संवेदनशील समाचार सम्प्रेषण गर्न आग्रह गर्दै भने, “मुलुक निर्वाचनमा होमिएको अवस्थामा गलत वा अतिरञ्जित समाचारले भ्रम फैलाउन सक्छ। त्यसैले केवल साँचो समाचार मात्र प्रसारित होस्।”

सम्बन्धित समाचारसबै