रास्वपाको समानुपातिक सूचीमा १२ जनाले नाम लिए फिर्ता

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको बन्द सूचीमा समावेश ११० जनामध्ये १२ जनाले विभिन्न कारण देखाएर आफ्नो नाम फिर्ता लिएका छन्।

पार्टीका सहमहामन्त्री बिपिन कुमार आचार्यका अनुसार मिलन लिम्बु, धर्मलाल तामाङ, त्रिशला गुरुङ, सचिन ढकाल, मोहना अन्सारी, आशिफ शाह, महेन्द्र लावती, टासी लाक्पा शेर्पा, अरनिको कुमार पाँडे, गोविन्द नारायण, सिर्जना वली र साजन बिकले नाम फिर्ता लिएका हुन्।

आचार्यले बन्द सूची तयार गर्दा पार्टीभित्रका विभिन्न समूह र नयाँ नेताहरूबीचको समायोजन प्रक्रियाका कारण विवाद उत्पन्न भएको बताए। उनले भने, “पार्टी समायोजनको क्रममा आन्तरिक प्रक्रियाबाट आएका साथीहरूलाई स्थान दिनुपर्ने बाध्यता थियो। यही कारण केही साथीहरूले पार्टीको हितलाई ध्यानमा राख्दै स्वेच्छाले नाम फिर्ता लिएका हुन्।”

सहमहामन्त्री आचार्यका अनुसार बन्द सूची तयार गर्दा करिब चार सय आकांक्षीबाट अन्तिम ११० जनाको सूची तयार पारिएको थियो। उनले भने, “नाम फिर्ता गर्ने निर्णय सामूहिक छलफल र सहमतिमा भएको हो।”

केही उम्मेदवारले नाम फिर्ता लिँदा पार्टीले निर्वाचन आयोगमा पुनः बन्द सूची अद्यावधिक गर्ने तयारी गरेको छ। आचार्यले थपे, “निर्वाचन आयोगले दलहरूलाई फरक–फरक समयसीमा दिएको छ। रास्वपाले तोकिएको समयभित्र सूची अद्यावधिक गर्नेछ।”

सम्बन्धित समाचारसबै