कोशी प्रदेशमा राष्ट्रियसभा चुनावः नेकपाका दुई उम्मेदवार मैदानमा

0 Shares

विराटनगर । कोशी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपाले दलित र महिला समूहबाट आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएको छ। बुधबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपाका तर्फबाट उम्मेदवारी दर्ता गरिएको हो।

दलित समूहमा खेमराज सुन्दास र महिला समूहमा नमिता न्यौपाने नेकपाका आधिकारिक उम्मेदवार बनेका छन्। न्यौपानेको प्रस्तावक गणेश उप्रेती र समर्थक गीता तिम्सिना रहेका छन् भने सुन्दासको प्रस्तावक सपना परियार र समर्थक नमोनारायण माझी रहेका छन्।

यद्यपि, ‘अन्य’ समूहका लागि उम्मेदवार तय गरिएका हेमराज घिमिरे समयमै निर्वाचन कार्यालयमा उपस्थित हुन नसकेपछि उक्त समूहमा नेकपाको मनोनयन दर्ता हुन सकेन। यससँगै ‘अन्य’ समूहमा कांग्रेसका सुनिल थापाको एकल उम्मेदवारी कायम भएको छ।

रिक्त हुन लागेको राष्ट्रियसभा सदस्य पद पूर्तिका लागि नेकपाले कोशी प्रदेशमा प्रतिस्पर्धा थालेको हो। यसैबीच कांग्रेस–एमाले गठबन्धनले पनि आफ्ना उम्मेदवारहरूको मनोनयन प्रक्रिया पूरा गरिसकेको छ।

सम्बन्धित समाचारसबै