विपक्षीविहीन संसद् सोच गलत : नेता मिनेन्द्र रिजाल

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद्‌मा विपक्षी दल नै नहोस् भन्ने सोच लोकतान्त्रिक मूल्य र अभ्यासविरुद्ध हुने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सशक्त विपक्षी लोकतन्त्रको महत्वपूर्ण अंग भएको उल्लेख गरे।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभिमुखीकरण कार्यक्रममा उपसभापति डोलप्रसाद (डिपी) अर्यालले आगामी संसद् विपक्षीविहीन बनाउने धारणा राखेका थिए। सोही प्रसंगमा प्रतिक्रिया दिँदै रिजालले यस्तो सोच लोकतन्त्रसँग मेल नखाने स्पष्ट पारे।

उनले भने, “सरकारले राम्रो काम गरोस् भन्ने सबैको चाहना स्वाभाविक हो। तर सरकार राम्रो चलोस् भन्दै विपक्षी नै नरहोस् भन्ने धारणा सही होइन।”

रिजालले लोकतन्त्रलाई सुदृढ बनाउन सत्तापक्षसँगै बलियो र जिम्मेवार विपक्षीको भूमिका अनिवार्य हुनेमा जोड दिए।

सम्बन्धित समाचारसबै