सभामुख डिपी अर्यालको गाडी ट्राफिक कारबाहीमा

0 Shares

काठमाडौँ । सभामुख डिपी अर्याल चढेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । बुधबार काठमाडौँको थापाथली क्षेत्रमा लेन मिच्दै सवारी सञ्चालन गरेको पाइएपछि ट्राफिक प्रहरीले उक्त गाडीलाई कारबाही गरेको हो ।

ट्राफिक नियम उल्लंघन गरेको देखिएपछि खटिएका ट्राफिक प्रहरीले सभामुख सवार गाडीसहित अन्य सवारीलाई रोकेर आवश्यक प्रक्रिया अघि बढाएका थिए । सो क्रममा लेन क्रस गरेको पुष्टि भएपछि ट्राफिक प्रहरीले कारबाहीस्वरूप चिट काटेको जनाएको छ ।

घटनापछि ट्राफिक प्रहरी सिंहदरबार पुगेर औपचारिक रूपमा चिट काटिएको थियो । यस क्रममा सभामुख सवार गाडीसहित तीन वटा सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने जोसुकै भए पनि कानुनअनुसार कारबाही गरिने भन्दै ट्राफिक प्रहरीले नियम पालना गर्न सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचारसबै