0
Shares
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शान्ति सम्झौताका लागि क्रिमिया रूसलाई सुम्पन इच्छुक रहेको विश्वास व्यक्त गरेका छन् ।
रूसले २०१४ मा अवैध रूपमा कब्जा गरेको दक्षिणी प्रायद्वीप त्याग्न युक्रेनी राष्ट्रपति तयार रहेको ट्रम्पले विश्वास गरेका हुन् ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गरी गोलीबारी रोक्न र सम्झौतामा हस्ताक्षर गर्न पनि आह्वान गरे । भ्याटिकनबाट फर्केपछि ट्रम्पले दुई हप्ताभित्र युक्रेन र रुसबीच सम्झौता हुने पनि बताए ।
पोप फ्रान्सिसको अन्त्येष्टिमा भाग लिने क्रममा ट्रम्पले जेलेन्स्कीसँग भेटघाट गरेका थिए ।
ट्रम्पले क्रिमियाको बारेमा छोटो छलफल भएको बताए ।