एनपीएलको महामुकाबला आजदेखि, पहिलो खेलमै लुम्बिनी र सुदूरपश्चिम भिड्दै ||

0 Shares

 

काठमाडौं । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बेलुकी ५ बजे सुरु हुनेछ। करिब एक महिनासम्म चल्ने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यस संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक डीआरएस प्रणाली लागू गरेको छ। विदेशी स्टार खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो।

प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

सम्बन्धित समाचारसबै