0
Shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ सिजन आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्।
त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि प्रतियोगिता सुरु हुने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। प्रधानमन्त्री शाहले नेपाली क्रिकेट टोली तथा खेलाडीलाई शुभकामना पनि दिएका छन्।
करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। यसपटक क्यानले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र प्रविधिमैत्री बनाउन पहिलोपटक डीआरएस प्रणाली लागू गरेको छ। विदेशी स्टार खेलाडीहरूको सहभागिताले पनि प्रतियोगिताप्रति दर्शकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
एनपीएललाई नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलाडीको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।