0
Shares
काठमाडौं । पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चरम सीमामा छ । भारतले ठोस सैन्य कारबाही गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमको दाबी छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भारत आतङ्कवादी र उनीहरूको पूर्वाधारको पूर्ण विनाश गर्न प्रतिबद्ध रहेको बताएका छन् । यसका लागि सेनालाई पूर्ण स्वतन्त्रता दिइएको छ । कारबाही कहिले, कहाँ र कसरी गर्ने भन्ने निर्णय सेनाले गर्नेछ ।
यता, पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले भारतले आगामी २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि आक्रमण गर्न सक्ने दाबी गरेका छन् । भारतको सम्भावित आक्रमणबारे बयान बुधबार बिहान आएको हो ।