सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्र उत्साहित

0 Shares

काठमाण्डौ – आउँदो आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमले सरकारको  निजी क्षेत्रलाई उत्साहित बनाएको व्यवसायीहरूले बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रमले आर्थिक सुधार, पूर्वाधार विकास र रोजगारी सिर्जनालगायतलाई प्रमुख प्राथमिकता दिएको उनीहरूको भनाइ छ ।

निजी क्षेत्रलाई प्रोत्साहन गर्नसमेत लगानीमैत्री वातावरणको निर्माण गर्ने सरकारले लक्ष्य राखेको छ । ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा ठूलो लगानी भित्र्याउने र दायरलाई समेत फराकिलो बनाउने सरकारले रणनीति अपनाएको छ ।

सरकारले निजी क्षेत्रको मनोबल उकास्ने गरी र वर्तमान अर्थतन्त्रमा देखिएका समस्याहरूलाई समाधान गर्नेगरी नीति तथा कार्यक्रम आएको व्यवसायीहरूले बताएका छन् ।

सम्बन्धित समाचारसबै