कार दुर्घटनामा इण्डियन आइडल पवनदीप गम्भीर घाइते

0 Shares

काठमाडौं । उत्तर प्रदेशको अमरोहामा इण्डियन आइडल पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार हाल उनको उपचार नोयडाको फोर्टिस अस्पतालमा भइरहेको छ र उनको अवस्था स्थिर छ ।

सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो । पवनसँगै उनका दुई साथीहरु पनि घाइते छन् ।

उत्तरप्रदेशमा प्रारम्भिक उपचारपछि उनीहरु तिनै जनालाई उपचारका लागि दिल्ली लगिएको थियो ।

सम्बन्धित समाचारसबै