ट्रम्पको भन्सार नीति अमेरिकामा अभावको कारण बन्नसक्ने पूर्व उपराष्ट्रपति पेन्सको चेतावनी

0 Shares

काठमाडौं-  अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सोमबार ट्रम्प प्रशासनको भन्सार नीतिको आलोचना गर्दै सम्भावित अभावले अमेरिकीहरूलाई ह्वाइट हाउसबाट ‘फरक दृष्टिकोणको माग’ गर्न बाध्य पार्नसक्ने बताएका छन् ।

सीएनएनलाई दिएको प्राइमटाइम अन्तर्वार्तामा पेन्सले विभिन्न विषयहरूमा छलफल गरेका थिए । उक्त अन्तरवार्तामा पेन्सले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवनमा आक्रमण गरेको आरोपमा अभियोजन गरिएका लगभग सबै दङ्गाकारीलाई माफी दिएकोमा डोनाल्ड ट्रम्पको आलोचना गरेका थिए ।

सम्बन्धित समाचारसबै