कालीमाटीमा ब्रोकाउलीको मूल्य बढ्यो, गोलभेँडा र काउलीको घट्यो

0 Shares

काठमाडौँ – आज (शनिबार) का लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज काउली, गोलभेँडासहितका तरकारीको मूल्य केही घटेको छ। तर, ब्रोकाउलीसहितका केही तरकारीको मूल्य भने बढेको छ। धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज सानो नेपाली गोलभेँडा ३९, तराईको सानो गालेभेँडा ४२, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ४२, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २५, बन्दा १७, स्थानीय काउली ५५, लोकल सेतो मुला १७, हाइब्रीड मुला २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, तने बोडी ५५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला २०, परबल ४५, घिरौँला २५, झिँगुनी ७५, लाम्चो हरियो फर्सी २०, पाकेको फर्सी ४५, भिन्डी ४०, कन्य च्याउ १७०, डल्ले च्याउ ३५०, कुरिलो ४५०, सजिवन ७५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

सम्बन्धित समाचारसबै