अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतार सरकारले ङ ७४७-८ जम्बो जेट उपहार दिने जनाइएको छ।
डोनाल्ड ट्रम्प मे १४ मा कतार पुग्ने कार्यक्रम छ। यो विमानको मूल्य ४० करोड डलर छ।ट्रम्पको कतार भ्रमणको क्रममा यसको आधिकारिक घोषणा हुन सक्छ। यो उपहार कुनै पनि अमेरिकी राष्ट्रपतिले प्राप्त गरेको सबैभन्दा महँगो विदेशी उपहार हुनेछ। यद्यपि घोषणा पछि पनि ट्रम्पले यो उपहार अहिले नै पाउने छैनन्।
बोइङ ७४७-८ जम्बो जेटलाई ‘फ्लाइङ प्यालेस’ पनि भनिन्छ। यो विलासिता र उन्नत प्रविधिको लागि प्रसिद्ध छ। यो बोइङ ७४७ शृङ्खलाको पछिल्लो र सबैभन्दा ठूलो संस्करण हो।
बोइङ ७४७-८ लाई भिआइपी कनफरेसनको समयमा ४०-१०० यात्रुहरूका लागि लक्जरी सुइटहरूमा रूपान्तरण गर्न सकिन्छ। यसमा मास्टर बेडरूम, सम्मेलन कोठा, भोजन क्षेत्र, लाउन्ज र बाथरूम जस्ता सुविधाहरू छन्।
यो विमानमा चारवटा GEnx-2B टर्बोफ्यान इन्जिनहरू छन्। यसका साथै आधुनिक गिलास ककपिट र नेभिगेसन प्रणाली पनि छ। क्षेप्यास्त्रहरूबाट जोगाउन प्रतिरोधात्मक उपायको रूपमा इन्फ्रारेड ज्यामर जस्ता सुविधाहरू छन्।
लाउन्ज र डाइनिङ एरियामा ठूला डाइनिङ टेबल, हाई-टेक स्क्रिन, भिडियो कन्फरेन्सिङ, ब्लु-रे प्लेयर र उच्च गुणस्तरको अडियो सिस्टमहरू छन्।