वैज्ञानिक ब्रह्माण्ड किन बन्यो भन्ने प्रश्नको उत्तर खोज्न प्रतिस्पर्धा

0 Shares

काठमाडौँ – संयुक्त राज्य अमेरिकाको साउथ डकोटास्थित एउटा जङ्गलमा बनाइएको प्रयोगशालामा वैज्ञानिकहरू विज्ञानको क्षेत्रमा विद्यमान एउटा ठूलो प्रश्नको उत्तर खोज्ने प्रयासमा छन् |

अमेरिकी र जापानी वैज्ञानिकहरूका छुट्टाछुट्टै समूह त्यो गुह्य पत्ता लगाउन भनेर मेहनतका साथ लागेका छन्।ब्रह्माण्डको सृष्टिबारे अहिले प्रचलित सिद्धान्तले हामीले देख्ने वा हाम्रो सेरोफेरोमा भएका ग्रह, तारा र आकाशगङ्गाको अस्तित्वको कारणलाई व्याख्या गर्न सक्दैन। उत्तर फेला पर्ने आशामा दुवै टोलीले ‘न्यूट्रिनो’ भनिने सब-एटमिक सूक्ष्मकणको अध्ययन गर्न र त्यस्ता कण फेला पार्न सक्ने एउटा उपकरण ‘डिटेक्टर’ बनाउँदै छन्।

साउथ डकोटामा अमेरिकाको नेतृत्वमा सञ्चालित सहकार्यमा जमिनमुनि निकै तल गरिने विभिन्न प्रयोगले ब्रह्माण्डको सृष्टिको रहस्योद्घाटन हुन सक्ने आशा गरिएको छ। यो प्रयोगका लागि वैज्ञानिकहरू जमिनभन्दा १,५०० मिटर तल तीनवटा विशाल भूमिगत गुफामा जाने छन्।

यो संरचना यति विशाल छ कि त्यससँग तुलना गर्दा निर्माण गर्ने प्राविधिकहरू र तिनले प्रयोग गरेका बुल्डोजरहरू साना खेलौनाजस्ता देखिन्छन्। उक्त प्रयोगलाई ‘डीप अन्डर्ग्राउन्ड न्यूट्रिनो एक्स्पेरिमन्ट ‘ड्यून’ नामकरण गरिएको छ।

सम्बन्धित समाचारसबै