ब्रोड पिक हिमपहिरो | ४ शव फेला, निम्स दाईसहित १० आरोही अझै बेपत्ता ||

0 Shares

१५ साउन, काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा गएको हिमपहिरोपछि बेपत्ता भएका १० आरोहीको खोजी जारी रहेकै बेला घटनास्थलबाट ४ जनाको शव फेला परेको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले इन्स्टाग्राममार्फत जानकारी दिँदै उद्धार टोलीले हालसम्म ४ वटा शव फेला पारेको पुष्टि गरेका छन्। यद्यपि, ती शवहरूको पहिचान भने अझै खुल्न सकेको छैन।

उनका अनुसार उद्धारकर्ता तथा आवश्यक उपकरणसहितका हेलिकप्टरहरू ब्रोड पिक क्षेत्रमा परिचालन गरिएको छ। साथै, स्थलगत उद्धार टोलीले पनि बेपत्ता आरोहीहरूको खोजीलाई तीव्र बनाएको छ।

हिमपहिरोमा परेर बेपत्ता हुनेहरूमा विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोली रहेको जनाइएको छ।

बेपत्ता आरोहीहरू:

  • निर्मल पुर्जा (निम्स दाई) – नेपाल (टोली नेता)
  • पुरबहादुर गुरुङ (युक्ता) – नेपाल
  • किली पेम्बा शेर्पा (किलु) – नेपाल
  • निमा शेर्पा – नेपाल
  • नवाङ थिन्दु शेर्पा – नेपाल
  • नाधिरा अहमद अब्दुल्लाह अल हार्थी – ओमान
  • सोहेल साखी – पाकिस्तान
  • वाङ जोङ – चीन
  • मेलोरी गिस – अमेरिका

उद्धार अभियान जारी रहेकाले बेपत्ता आरोहीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचारसबै