देशभरको तनावबीच धार्मिक अगुवासँग संवादमा रवि लामिछाने ||

0 Shares

१५ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न स्थानमा देखिएको तनाव र प्रदर्शनका बीच सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न धार्मिक अगुवासँग छलफल सुरु गरेका छन्।

शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा सभापति लामिछानेले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्।

त्यसैगरी, उनले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी तथा सचिवालय सदस्य राजुराज फुयालसँग पनि छलफल गरेका छन्।

छलफलका क्रममा लामिछानेले सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा भइरहेका प्रदर्शन शान्तिपूर्ण रूपमा रोक्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न समुदायलाई अपिल गर्न धार्मिक अगुवाहरूलाई आग्रह गरेका छन्।

रास्वपाका अनुसार सामाजिक एकता, आपसी सद्भाव र शान्ति कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका प्रतिनिधिसँग संवादलाई निरन्तरता दिइनेछ।

सम्बन्धित समाचारसबै