अन्तरिक्षमा भेटियो अनौठो ब्याक्टेरिया

0 Shares

काठमाडौँ । हाम्रो वरिपरि अनेकौँ प्रकारका ब्याक्टेरियाहरू छन् । यी मध्ये केही हाम्रो लागि असल छन् भने केही खराब । वैज्ञानिकहरूले चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा एउटा ब्याक्टेरिया फेला पारेका छन्, जुन धेरै रहस्यमय छ ।

यो खोजले अन्तरिक्ष यात्रीहरूको स्वास्थ्यमाथि ठुलो प्रश्न उठाइरहेको छ । यो ब्याक्टेरिया कहाँबाट आयो ? यसले अन्तरिक्षमा बस्नेहरूका लागि खतरा निम्त्याउन सक्छ ? भन्ने सवाल उठिरहेका छन् ।

अमेरिकी म्यागजिन द सनमा छापिएको रिपोर्टका अनुसार तियाङगोङ अन्तरिक्ष स्टेशनमा भेटिएको यो ब्याक्टेरियाको विशेषता यही हो कि यसलाई बाँच्न धेरै केही चाहिदैंन । प्रतिकूल परिस्थितिमा पनि यो सहजै बाँच्न सक्छ ।

यो ब्याक्टेरियालाई नोभोहर्बासिलम टियाङ्गोन्जेन्सिस भनिएको छ । शेन्झाउ स्पेस बायोटेक्नोलोजी ग्रुप र बेइजिङ इन्स्टिच्युट अफ स्पेसक्राफ्ट सिस्टम इन्जिनियरिङका वैज्ञानिकहरूका अनुसार यो ब्याक्टेरिया कसरी तियाङगोङ पुग्यो भन्ने कुरा अझै पनि रहस्यमै छ ।
सम्बन्धित समाचारसबै