अष्ट्रेलियन सांसदले संसद बैठकमै जुत्तामा खन्याएर पिए बियर

0 Shares

काठमाडौँ – अष्ट्रेलियाका एक जना सांसदले संसद बैठकमै जुत्तामा हालेर वियर पिएको भिडियो अहिले भाइरल भएको छ ।

संसदको बैठकमै यसरी बियर पिउँदा धेरैले अचम्म पनि मानेका छन् । सिड्नी मर्निङ हेराल्डले जनाएअनुसार सांसद काइल म्याकगिनले संसदको अन्तिम दिनलाई यादगार बनाउन धेरै विचागरी जुत्तामा हालेर बियर पिएको प्रतिक्रिया दिएका छन् ।

गोल्डफिल्ड्स क्षेत्रका जनतालाई यही तरिका मन पर्ने आफूले ठानेको भन्दै उनले भने,‘म गाली खाँदै आएको मान्छे हुँ, त्यसैले यसलाई पनि सहेरै सकाउँछु, तर म पश्चिमी अष्ट्रेलियाका सबै सदस्यहरू र मतदाताहरूलाई दुई उत्कृष्ट कार्यकालका लागि धन्यवाद दिन चाहन्छु । चियर्स !’ यति भन्दै सांसद काइल म्याकगिनले जुत्तामा बियर खन्याए अनि पियउन थाले ।

अमेरिकाको न्यूयोर्क टाइम्सको एक रिर्पोटमा यस्तो क्रियालाई सांस्कृति परम्पार भन्दै व्याख्या गरिएकाे छ । सन् २०१९ को एक रिपोर्टअनुसार, यो अष्ट्रेलियाली संस्कृतिको एउटा परम्परा हो, जसमा मानिसहरूले कुनै विशेष अवसर, उत्सव वा पार्टीमा कसैको जुत्तामा रक्सी, विशेषगरी बियर खन्याएर पिउँछन् । त्यही भिजेको जुत्ता फेरि उक्त व्यक्तिलाई लगाउन दिन्छन् । यसलाई शूई भन्ने गरिन्छ । सुरुको यथार्थ कथा के हो भन्ने स्पष्ट जानकारी छैन, तर धेरै प्रसिद्ध व्यक्तिहरूले यो परम्परालाई अँगालेका छन्।

यद्यपि धेरैलाई अष्ट्रेलियाली सांसद काइल म्याकगिनको यो तरिका अचम्म लागिरहेको छ, तर वास्तवमा यो अष्ट्रेलियाली संस्कृतिको एक प्रसिद्ध परम्परा हो, जसलाई ‘शूई’ भनिन्छ ।

सम्बन्धित समाचारसबै