0
Shares
अस्ट्रेलियामा बस दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
विवाहबाट फर्किरहेकाहरू चढेको बस न्यू साउथ वेल्सको हन्टर भ्यालीस्थित ग्रेटानजिकै दुर्घटनामा परेको बीबीसीले जनाएकाे छ ।
प्रहरीले दुर्घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाएको छ । बसका चालक ५८ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ ।
दुर्घटनामा मृत्युकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान गरी आफन्तलाई सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।