0
Shares
काठमाडौँ- ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा देखाउँदै १२ देशका मानिसलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाइदिएका छन्।
अमेरिकी राष्ट्रपतिले त्यो सूची “कुनै सुधार भएमा” हेरफेर गर्न सकिने र “विश्वमा कतै खतरा उत्पन्न भए” प्रतिबन्ध लाग्ने मुलुकको सङ्ख्या थपिन सक्ने बताएका छन्।
निश्चित मुलुकहरूलाई ट्रम्पको आदेशमा यसरी प्रतिबन्ध लगाइएको यो दोस्रो पटक हो।
उनको पहिलो कार्यकालमा सन् २०१७ मा पनि उनले त्यस्तै आदेशमा हस्ताक्षर गरेका थिए।
ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको घोषणामा हस्ताक्षर गरेका हुन्। ती देश निम्न उल्लेखित छन्: