राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र फेरि जारी गर्दै

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस १६) ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ पुनः जारी गर्दै २५ अर्ब रुपैयाँ बराबरको रकम सङ्कलन गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले यस ऋणपत्रमा आवेदन दिन सक्नेछन्। ऋणपत्रको ब्याजदर आज मध्याह्न २ बजेसम्म अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।

यो ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म बोलपत्र पेश गर्न सकिनेछ। ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ भने मूलधनको भुक्तानी २०८३ पुस १६ मा हुनेछ।

राष्ट्र बैंकले यो ऋणपत्रलाई धितोको रूपमा पनि प्रयोग गर्न सकिने जानकारी दिएको छ। यसअघि पुस १४ गते पनि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिएको थियो।

सम्बन्धित समाचारसबै