एन्जु शिवाकोटी, विराटनगर ।
आज विहानीको चिसो अनी रातभरको अझकल्चो निद्रामा मेरी छोरी मस्त निदाईरहेकी थिई । म भने छेउमा बसेर मोबाइल चलाइरहेकी थिए । भिडियो स्क्रोल गर्दै जादा मेरो नजर निसान मौनालीको एक भिडियोमा प¥यो । मलाई व्यक्तिगत रुपमा उनका भिडियोहरु मनपर्छ, प्राय हेरीरहेको हुन्छु । आजको त्यस भिडियोमा निर्वाचनमा भोटहाल्दा मासु र मदिरामा विक्री हुने भोटलाई लक्षित गर्दै यो पालिको मदिरा सहिदको रगत, र पौसा लिएर हालेको भोट आमा बेचेर हालेको भोट हुनेछ भनेका छन् ।
मलाई उनको यो प्रस्तुतिले एकछिन सोच्न बाध्य गरायो । वास्तवमा यहाँ नोटमा भोट, एक छाक मासु र भातमा भोट हालिन्छ यो कुरालाई नकार्न त सकिदैन तर यहाँ प्रश्न छ कस्को भोट बिक्रिमा छ ? के ती नेताका आसेपासे हुन? या कुनै नेताका परिवार ?
मेरो मनमा भएको यस प्रश्नको प्रतिस्पधामा न त नेताका आसेपासे परे न त उनीहरुका परिवार नै । उनीहरु त नेताका अन्ध भक्त भइहाले भोट हालि हाल्छन । भोट बिक्रि हुने कुरौ भएन । त्यसो भए यहाँ को विकाउ छ ? प्रश्न मनमा फेरी तुफान बनेर आयो ।
अन्तरमनबाट धमिरो रुपमा त्यो चित्र सलबलायो जहाँ एक आमा आफ्नो सन्तानको भोक मेटाउन असमर्थ छिन् अनी बुवा सन्तानलाई पढ्न चाहिने कपि कलम किन्न नसकेर लाचार भएर सन्तानको अगाडी सिर झुकाईरहेका छन् ।
उनीहरुलाई देशमा के भइरहेको छ थाहाँ छैन । साँचै भनौं उनीहरुलाई भोटको महतो थाहाँ छैन् । थाहा भए पनि सायद त्यसले उनीहरुको दयनिय जिवनमा केही फरक पर्दैन । तर उनीहरुलाई त्यतिबेला फरक पर्छ जतिबेला उनीहरुका सन्तानले चुनावि माहोलको मासु र भात खान्छन् । दशैमा पनि आफ्ना सन्तानलाई एक छाक मासु खुवाउन नसकेर चुपचाप वितेर गएका दिनहरुले हँसिला अनुहार पार्दै खाइरहेका सन्तानका प्रत्येक गाँसले दशैं सम्झन्छ । र त्यतिवेला हातमा परेका थोरै रकमले पनि सन्ताको भविष्य सम्झिन्छ ।
तपाई कल्पना गर्नुहोस्, जो व्यक्तिको दैनिक जीवनलाई देशमा भएका राजनीतिक परिवर्तनले छुन सक्दैन । देशको आमुल परिवर्तनले उसको संघर्षको अन्त्य हुदैन । सहिदको रगतलाई महशुस गर्न उसका बाध्यताले दिदैन भने उसलाई निर्वाचको महत्व के छ ? उसले आफ्ना सन्तानका केही समयका खुसिका लागि नै सहि भोटलाई खुल्ले आम लिलाम गर्यो ।
अब तपाई आफै भन्नुस् उ कस्तो नागरिक हो ? सचेत या अचेत ! सहि या गलत ! मेरो दृष्टिकोणमा उ महान छ जसले आफ्नो सन्तानको मुहारमा खुसि ल्याउन निसंकोच आफूलाई बदनाम गर्यो । उनी महान छन् । तर सबै बिक्रि भएका मनहरु महान छैनन् ।
मैले यो सब भनीरहदा कतिपयलाई मेरा कुरा गलत लाग्न सक्छ । सायम म आफै गलत पनि हुन सक्छु । तर मेरो दृष्टिकोठले सबै गल्तिहरु गलत हुन्छन् जस्तो लाग्दैन ।