सुनको भाउ तीन लाख नजिकै उक्लिएको छ

0 Shares

स्थानीय बजारमा आज सुनको मूल्य झण्डै तीन लाख रुपैयाँको नजिक पुगेको छ। आज सुनको भाउमा उल्लेखनीय वृद्धि देखिएको हो। मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार ९२० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ थियो भने चाँदी ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ६२५ रुपैयाँमा किनबेच भएको थियो। सोमबार भने सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८१० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ७४० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ९५ डलरमा किनबेच भइरहेको छ।

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, मुद्रास्फीति तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीको विकल्पका रूपमा सुन र चाँदीप्रतिको माग बढेकाले मूल्यमा वृद्धि भएको हो।
रासस

सम्बन्धित समाचारसबै