पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र विजयी

0 Shares

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये एक जना मात्र विजयी भएका छन् । निर्वाचनमा उम्मेदवारी दिएका पूर्वअर्थमन्त्रीहरूमध्ये वर्षमान पुन मात्र निर्वाचित हुनुभएको हो ।

अन्य चार पूर्वअर्थमन्त्री भने निर्वाचनमा पराजित भएका छन् । विष्णुप्रसाद पौडेल रुपन्देही जिल्ला क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको थियो । उक्त क्षेत्रमा सुलभ खरेल विजयी हुनुभएको छ । विजयी खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा पौडेलले १२ हजार ८६१ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, जनार्दन शर्मा पनि रुकुम पश्चिम बाट पराजित हुनुभएको छ । उहाँले १४ हजार ३४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभयो । उक्त क्षेत्रमा गोपाल शर्मा २१ हजार ६०१ मतसहित विजयी हुनुभएको हो ।

यसैगरी, ज्ञानेन्द्रबहादुर कार्की पनि निर्वाचनमा पराजित हुनुभएको छ । उहाँले सुनसरी जिल्ला क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिनुभएको थियो । उक्त क्षेत्रमा दीपककुमार साह विजयी हुनुभएको छ । साहले ४२ हजार ७७१ मत प्राप्त गर्दा कार्कीले १६ हजार ५८७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस निर्वाचनले केही पुराना तथा प्रभावशाली नेताहरूलाई पराजित गर्दै नयाँ अनुहारहरूलाई प्रतिनिधि सभामा प्रवेश गराएको देखिएको छ ।

सम्बन्धित समाचारसबै