0
Shares
काठमाडौं । २१ फागुनको निर्वाचनपछि ६ वटा राजनीतिक दललाई राष्ट्रिय दलको मान्यता प्रदान गरिएको छ। यसमध्ये नयाँ दलको रूपमा श्रम संस्कृति पार्टी पहिलोपटक राष्ट्रिय दल बनेको छ। हर्क साम्पाङ नेतृत्वको यस पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशत मतको थ्रेसहोल्ड पूरा गरेको छ।
पुराना दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। यी दलहरू विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलको रूपमा परिचित थिए।