प्रत्यक्षतर्फ उम्मेदवारमध्ये २८९० को जमानत जफत, ३५० ले एक मत पनि पाएनन्

0 Shares

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका २८९० उम्मेदवारको  धरौटी रकम जफत हुन पुगेको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार यसपटक उम्मेदवारहरूले कानूनअनुसार तोकिएको धरौटी रकम राख्नुपर्ने व्यवस्था थियो।

निर्वाचन ऐन अनुसार उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा मात्र धरौटी रकम फिर्ता पाउन सक्ने प्रावधान छ। यदि १० प्रतिशतभन्दा कम मत ल्याउने हो भने उक्त रकम राज्यको ढुकुटीमा जफत हुन्छ।

जफत भएका उम्मेदवारमध्ये ३५० जनाले एक भोट पनि प्राप्त गर्न सकेका छैनन्। यसले कतिपय उम्मेदवारहरूले आफू वा परिवारको मतसमेत हाल्न नसकेको वा नहालेको पुष्टि गर्छ।

प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये मात्र ५१६ जनाले आफ्नो धरौटी रकम जोगाउन सफल भएका छन्। उनीहरूले आफ्नो रकम फिर्ता पाउनका लागि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ। आयोगले भन्यो कि निवेदन दर्ता भएपछि कानूनअनुसार रकम फिर्ता गरिनेछ।

सम्बन्धित समाचारसबै